देवीघाटमा ‘बृहत्त स्वास्थ्य शिविर’ जारी, पूर्वमन्त्री अर्जुननरसिंह केसीले गर्नुभयो उद्घाटन

अशोज ३, २०८१ मा प्रकाशित | 667 views


नुवाकोट । बिदुर नगरपालिका वडा नं ५ स्थित सहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक बिद्यालयको प्रांगणमा आजदेखि सुरु भई भोलिसम्म सञ्चालन हुने बृहत स्वास्थ्य शिबिरको पहिलो दिन आज सातसय भन्दा बढीले सेवा लिएका छन् ।  
संबिधान दिबसको अबसरमा नेपाल रेडक्रस सोसाईटी जालपादेबी उपशाखा देबिघाट र यशोदादेबी-भगवानसिंह केसी मेमोरियल ट्रष्टको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको समन्वय र त्रिशुली अस्पताल, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको प्राबिधिक सहयोगमा सञ्चालित दुई दिने बृहत स्वास्थ्य शिबिरमा पहिलो दिन नै सातसय भन्दा बढीले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । 
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य एंव आयोजक ट्रष्टका संरक्षक अर्जुननरसिंह केसीले बृहत स्वास्थ्य शिबिरको उद्घघाटन गर्दै नुवाकोटको आम नागरिकको स्वास्थ्यसँग आफुले प्रत्यक्ष सरोकार राख्दै यहाँको स्वास्थ्य क्षेत्रको बिकासको लागी सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । 
आफुहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोटका विभिन्न स्थानमा शिक्षा र स्वास्थ्यमा सहयोग पुराउदै आएको उल्लेख गर्दै देवीघाटमा आयोजना गरिएको स्वास्थ्य शिविर विशेषज्ञ चिकित्सक मार्फत जाँच हुने र निःशुल्क औषधिको समेत व्यवस्था रहेकाले सेवाको लाभ उपठाउन आग्रह गर्नुभएको छ । 
आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका नुवाकोट, रसुवा लगायतका जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै नागरिकको स्वास्थ्य उपचारको प्रबन्ध यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्ट मार्फत मिलाउने प्रतिबद्धता जनाउनुभएको छ ।
शिविरमा हाडजोर्नीमा, सामान्य चिकित्सा, स्त्री तथा प्रसुती, महिला सम्बन्धिको क्यान्सरको लक्षण परीक्षण, ल्याब सेवा, आँखा तथा दृष्टि रोग सम्बन्धी सेवा, फिजिसियन तथा परामर्श सेवा, मनोरोग सम्बन्धी सेवा, निशुल्क औषधी बितरण सेवा प्रदान गरिएको छ ।    
बृहत स्वास्थ्य शिबिरको उद्घाटन कार्यक्रममा यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा.केदारनारसिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसी, जिल्ला समन्वय समिति नुवाकोटको सदस्य सन्तोषी देवकोटा, बिदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटी, बिदुर वडा नं ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, त्रिशूली अस्पतालका निर्देशक डाक्टर राजेन्द्र लामा, रेडक्रस नुवाकोट सभापति हरी श्रेष्ठ, कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारी, शिविर सञ्चालन भइरहेको विद्यालय सहिद जगत प्रकाश जंग शाह संस्कृत माविका प्रधानाध्यापक मञ्जु चित्रकार लगायत स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रियाशील महानुभावहरुको उपस्थिती रहेको थियो ।
 
काठमाडौबाट आएको र त्रिशूली अस्पतालको विशेषज्ञ चिकित्सक मार्फत आजदेखि सञ्चालनमा आएको शिविर भोलिसम्म सञ्चलान हुने भएकाले आज जाँच गराउन छुटेकालाई भोलि सञ्चालन हुने शिविरमा आउन आग्रह गरिएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web