तारकेश्वरमा ६ करोडका तीन सडक योजना, तत्काल काम सुरु गर्न अध्यक्षको निर्देशन

अशोज १, २०८१ मा प्रकाशित | 703 views


त्रिशूली । तारकेश्वर गाँउपालिकामा प्रदेस र संघीय सरकारसंगको सहकार्यमा ६ करोड रुपैयाँमा तीन वटा सडक योजनाको स्तरउन्नतीको क्रममा कालोपत्र र ढलानको काम अघि बढाउन लागिएको छ । उक्त कार्य जतिसक्दो चाडो सुरु गर्न गाँउपालिका अध्यक्ष शिव अधिकारी अविरलले निर्देशन दिनुभयो ।

तारकेश्वर गाँउपालिका वडा नं. ६ को भिरपानी–कुवापानी हुँदै मझुवा–भमरा जोड्ने सडक कालोपत्रे र ढलान सहित स्तरोन्नतिको काम अघि बढाउन लागिएको छ । त्यसको पूर्वतयारीको लागी सोमबार गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’को नेतृत्वमा गाउँपालिकाको प्राविधिक टोली र डिपिआर टोलीले स्थलगत अनुगमन गरी डिपिआर प्रक्रिया अघि बढाएको छ ।

गाउँपालिकाले विनियोजन गरेको एक करोड र संघीय सरकारबाट प्राप्त थप एक करोड समेत गरेर दुई करोड लगानीमा भिरपानी–कुवापानी हुँदै मझुवा–भमरा जोड्ने सडकको स्तरोन्नतिको काम अघि बढाउन लागिएको हो । सडकको कालोपत्रे प्रक्रिया अघिल्लो वर्ष सुरु भएको र यस वर्ष अन्तिम रुप दिन लागिएको गाँउपालिका अध्यक्ष शिव अधिकारी अबिरलले जानकारी दिनुभएको छ ।

सोमबार नै तारकेश्वर गाँउपालिका वडा नं. ६ कै मझुवा–वडा कार्यालय–हल्ले–भमरा–डाँडाखर्क सडकको कालोपत्रे र ढलान सहितको स्तरोन्नतिका लागि स्थलगत अवलोकन गरी डिपिआर प्रक्रिया सुरु गरेको छ । यो सडक बागमती प्रदेश सरकारको एक करोड र गाउँपालिकाको थप एक करोड गरेर कुल दुई करोडको लागतमा स्तरोन्नति गर्न लागिएको छ ।

यस्तै, तारकेश्वर गाँउपालिका वडा नं २ को कोलडाँडा–आरुबोटे–बगुवा–खोलेबेसी सडकको पनि स्थलगत अनुगमन गरी डिपिआर प्रक्रिया सुरु भएको छ । यो सडक पनि बागमती प्रदेश सरकारको एक करोड र गाउँपालिकाको थप एक करोड गरेर कुल दुई करोडको लागतमा कालोपत्रे र ढलान सहितको स्तरोन्नति गर्न लागिएको हो । यसको कालोपत्रे प्रक्रिया गत वर्ष नै सुरु गरिएको थियो ।

स्थलगत अनुगमनपछि गाँउपालिका अध्यक्ष शिव अधिकारी अबिरलले तीनवटै सडकको डिपिआर यथाशीघ्र सम्पन्न गरी तत्कालै ठेक्का प्रक्रिया सुरु गरेर स्तरोन्नतिको काम सुरु गर्न निर्देशन दिनुभएको छ । विकास निर्माणका काममा ढिलासुस्ती गरेर आर्थिक वर्षको अन्तिम समयमा सुरु गर्ने प्रवृत्तिलाई त्याग्दै हिउँदमै काम सम्पन्न गरिसक्न उहाँले निर्देशन दिनुभएको हो ।

अनुगमनको क्रमका गतिविधिहरु तस्बिरमा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web