तारकेश्वरका १९ बिद्यालयका १६२३ बिद्यार्थीको आखा परीक्षण

भदौ ३०, २०८१ 2024-09-15 मा प्रकाशित
Published at 2024-09-15

246 views

त्रिशूली ।  नुवाकोटको तारकेश्वर गाउपालिकामा रहेका १९ वटा बिद्यालयका विद्यार्थीको आँखा जाँच गरिएको छ ।

विभिन्न १९ वटा विद्यालयमा अध्ययनरत एक हजार ६२३ जना बिद्यार्थीको निःशुल्क आँखा जाच गरिएको गाँउपालिका अध्यक्ष शिव अधिकारी अबिरलले जानकारी दिनुभएको छ । उहाँको अनुसार जाँच गरिएका मध्ये ६१ जनाको आखामा दृष्टिमा समस्या देखिएकाले थप उपचार एंव परीक्षणको लागी सिफारिस गरिएको छ ।

रेडक्रस नुवाकोट शाखा सभापति हरि श्रेष्ठले उद्घाटन गरेर शुरु गरिएको बिद्यालय आँखा जाच शिबिरको आइतबार गाउँपालिका अध्यक्ष शिव अधिकारी अबिरलले औपचारिक कार्यक्रमको बीच समापन गर्नु भएको हो ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राबिधिक सहयोगमा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा, युवा रेडक्रस सर्कल नुवाकोट र रेडक्रस तारुका र बुधसिङ उपशाखाको सहयोग तथा सहजिकरणमा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आँखा जाँच एंव परीक्षण गरिएको हो ।

आँखा जाँच अभियानलाई जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटले जिल्लाको सबै विद्यालयमा पुग्ने अभियान चलाएको छ ।

–रामहरि न्यौपाने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.