पत्रकार मधु शाही मानव बेचबिखन विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार सम्मानित

भदौ २०, २०८१ मा प्रकाशित | 301 views

पत्रकार मधु शाही मानव बेचबिखन विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार सम्मानित

काठमाडौँ । अठारौँ मानव बेचबिखनविरुद्घको राष्ट्रिय दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित कार्यक्रममा पत्रकार (राष्ट्रिय समाचार समिति (रासस) उपसम्पादक मधु शाही सम्मानित हुनुभएको छ ।

काठमाडाैँमा आयोजित उक्त कार्यक्रममा उपसम्पादक शाहीसहित नागरिक दैनिककी सम्वाददाता सविता खड्का, सञ्चारमाध्यम विधामा पर्सा जिल्लास्थित मध्यनेपाल सन्देश साप्ताहिक, मानव बेचिबिखनबाट प्रभावित पम्फा अधिकारी, रुपन्देहीको सिद्घार्थ नगरपालिका, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, आवाज संस्था सुर्खेत, भारतस्थित किन इण्डिया संस्थालाई सम्मान गरिएको छ ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्ध मन्त्रालय चेतना जगाउन अग्रसर रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव दिनेश भट्टराई, सहसचिव दीपकराज नेपाल, मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी, महिला आयोगका अध्यक्ष कमला पराजुली, सिद्घार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, पीडित पम्फा अधिकारीलगायत वक्ताले एकल प्रयासले मात्र मानव बेचबिखन उन्मूलन सम्भव नहुने भएकाले सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web