कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा खाद्यान्न र फलफूल वितरण

भदौ १९, २०८१ मा प्रकाशित | 370 views


त्रिशूली । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा नुवाकोटमा खाद्यान्न र फलफूल वितरण गरिएको छ ।

स्थापनाको ३४औँ वर्षको अवसरमा नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति नुवाकोटको तर्फबाट देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान ज्येष्ठ नागरिक सेवा आश्रम (वृद्धाश्रम)मा खाद्यान्न र फलफूल वितरण गरिएको हो ।

युनियनका जिल्ला कार्यसमितिका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा नागरिक सेवा आश्रम आयोजित संक्षित कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई आवश्यक पर्ने खाद्यान्न र फलफूल वितरण गरिएको हो ।

निजामती कर्मचारी युनियन नुवाकोटले देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका पदाधिकारी एव उक्त आश्रममा आश्रय लिदै आएको जेष्ठ नागरिकलाई खाद्यान्न सामाग्रि र फलफूल प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा कर्मचारी मिलन केन्द्र नुवाकोटका अध्यक्ष रोशना पोखरेल, निजामती कर्मचारी युनियनका केन्द्रीय सल्लाहकार राजकुमार थापा, पूर्वकेन्द्रीय सदस्य राजेन्द्र खत्री, बागमती प्रदेसका उपाध्यक्ष नारायण श्रेष्ठ, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

स्थापना दिवसको अवसरमा यसअघि विभिन्न रचनात्मक गतिविधि गर्दै आएकोमा यो वर्ष खाद्यान्न र फलफूल प्रदान गरिएको हो ।

कर्मचारीहरुको विभिन्न संघसंगठनहरु सक्रिय रहेकोमा जेष्ठ नागरिक प्रतिष्ठानका जेष्ठ नागरिकलाई सहयोग गर्नेमा नेपाल निजामती कर्मचारी युनियन पहिलो सँस्था रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web