कात्तिकमा उपभोक्ता समिति गठन र पुसभित्रै योजना सम्झैाता गरिसक्न अध्यक्ष अधिकारीको निर्देशन

त्रिशूली । नुवाकोटको तारकेश्वर गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)ले चालु आर्थिक वर्षमा बिनियोजित योजनाहरुको कात्तिक मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिनुभएको छ ।

बिनियोजित योजनाको कार्यान्वयन समयसमै गर्न र गुणस्तरीय बनाउन तोकिएको समयसीमा भित्र कार्यसम्पन्न गर्नको लागी अध्यक्ष अधिकारीले कात्तिक मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न र पुष १५ भित्र योजना सम्झौता गरिसक्न निर्देशन दिनुभएको हो ।

यस्तै, तारकेश्वर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१–०८२ को स्विृकृत कार्यक्रम अनुसार पालिकाबाट बिनियोजित तथा पालिकाबाट कार्यान्वयन गर्ने बजेट मध्ये ६० लाख रुपैयाँभन्दा बढीको कार्यक्रम र आयोजनाहरु ठेक्का मार्फत सम्पन्न गर्ने निर्णय गरेको छ।

६० लाखभन्दा कमको उपभोक्ता समिति र त्यसमाथिको कार्यक्रम ठेक्का मार्फत संचालन गर्ने अध्यक्ष शिव अधिकारीले निर्देशन दिनुभएको हो ।

यस्तै, बजेटमा उल्लेखित योजना र कार्यक्रमहरु कार्यान्वयन गर्न कात्तिकको मसान्त भित्र उपभोक्ता समिति गठन गरि पुष १५ भित्र योजना सम्झौता गरिसक्नुपर्ने र सो अवधिसम्ममा योजना सम्झौता नभएका योजना कार्यक्रमहरूलाई यसै आ.व.को हिउदे गाउँ सभाबाट रकमान्तर गर्न बाध्य हुने भन्दै योजना प्राप्त गरेका पालिकाबासीलाई निर्धारित समयसीमा भित्र योजा कार्यन्वयनको प्रक्रिया पूरा गर्न सचेत गराउनुभयो ।

निर्धारित समयसीमा भित्र योजना पूरा गर्नेलाई उपुग बजेट थपमा प्राथमिकता हुनेछ भने कार्यान्वयनमा वेवास्था गर्नेको योजना हिउदे सभाबाट रकमान्तर गर्न बाध्य हुने उहाँले चेतावनी दिनुभयो ।

बजेट तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा अध्यक्षले बनाएको लक्ष्य अनुरुप कामकारबाही अघि बढाउन उहाँले आफु मातहतका निकायलाई पनि निर्देशन दिनुभएको छ।

अध्यक्ष अधिकारीले आ.व.को अन्तिम महिना असार अर्थात बर्खायामको समयमा हतारहतार काम सक्ने र कमसल काम गर्ने प्रवृतीलाई रोकि विकास निर्माणलाई गुणस्तरीय र जनहितमा सम्पन्न गर्न बिनियोजित योजना तथा कार्यक्रमलाई लक्ष्य अनुरुप प्रभावकारी रुपमा कार्यान्वयन गरिने अध्यक्ष शिव अधिकारीले (अबिरल)ले प्रतिबध्दता जनाउनुभएको छ ।

प्रतिक्रिया

TOP