शेयर बजार सामान्य बढ्यो, साढे १३ अर्ब रुपैयाँको कारोबार

भदौ १८, २०८१ मा प्रकाशित
Published at भदौ १८, २०८१

115 views

काठमाडौँ । हिजो एक सय २७ अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । दिनभरको उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से ६ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० दशमलव १६ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, होटल, बीमा, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमालयन पावर पार्टनर र दोल्ती पावर कम्पनीको शेयर भने आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज तीन सय २८ वटा कम्पनीका तीन करोड पाँच लाख कित्ता शेयर १३ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.