आज युवाकवि मोतीराम भट्टको जन्मजयन्ती

भदौ १७, २०८१ मा प्रकाशित
Published at भदौ १७, २०८१

128 views

काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं.१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उहाँको वि.सं.१९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्‍याउनु भएको छ । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको हो ।

भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नु भएको थियो । तत्कालीन समयमा नेपाली साहित्यमा उहाँले गर्नुभएको योगदान अतुलनीय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.