नुवाकोटको प्रस्तावित केन्द्रीय कारागारमा १४८ जना कैदीबन्दी राखियो

भदौ १६, २०८१ 2024-09-01 मा प्रकाशित
Published at 2024-09-01

219 views

त्रिशूली । नुवाकोटमा निर्माणाधीन प्रस्तावित केन्द्रीय कारागारको भवन उद्घाटन गरेर सञ्चालनमा ल्याएसगै कैदीबन्दी राख्न थालिएको छ । पहिलो चरणमा जिल्ला कारागार नुवाकोटमा रहेका १४ जना महिला सहित एकसय ४८ जना कैदीबन्दीलाई नयाँ बनेको खम्पाक्याम्पमा स्थान्तरण गरिएको छ ।

पहिलो चरण अन्तरगत एक हजार तीनसय ७० जना कैदीबन्दी राख्ने क्षमताको पहिलो युनिटका संरचनाको निर्माण सम्पन्न भएर यही शनिबार गृहमन्त्रीले उद्घाटन गरेसगैँ जिल्ला कारागार नुवाकोटको कैदी र बन्दीलाई प्रस्तावित केन्द्रीय कारागारमा सारिएको हो । केन्द्रीय कारागार भनेपनि अहिलेलाई जिल्ला कारागार नुवाकोट नै नाम दिइएको छ । केन्द्रीय कारागारको रुपमा कर्मचारी दरबन्दी स्वीकृत नै हुन बाँकी रहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार उपसचिव तहको एक जना सहित दश जना कर्मचारी राख्नको लागी अर्थमन्त्रालयसंग सहमति लिने प्रक्रियामा रहेको छ ,।
नुवाकोट कारागारमा अब केन्द्रीय जगन्नाथदेवल, नख्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौबाट थप पाचसय कैदी नुवाकोटमा स्थान्तरण गरिने भएको छ । त्यसपश्चात आसपासमा पर्ने रसुवा, धादिङ, गोरखाबाट ल्याएर पूर्ण क्षमतामा एक हजार तीनसय ७० कैदीबन्दी पु-याइने लक्ष्य लिइएको छ ।

काठमाडौमा रहेको केन्द्रीय कारागारलाई २०७० चैत्र २० गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा स्थान्तरण गर्ने निर्णय पश्चात निर्माण थालिएको पाचमध्ये पहिलो युनिट अन्तरगतका संरचना (भवन) गत साउन १ मा पूरा भएसगैँ कारागारलाई सञ्चालनमा ल्याइएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार आर्थिक वर्ष २०७२÷७३ मा रु एक करोड पचास लाख लागतमा कारागारको नाममा रहेको ६४५ रोपनी जग्गामा घेराबार लगाएर संरक्षण थालिएको थियो । सोही वर्ष थप रु ४५ करोड ४२ लाखमा लगाएको ठेक्का मार्फत लामा–रमण जेभी निर्माण कम्पनीले निर्धारित समय भन्दा ढिलो गरेर गत साउनमा सरकारलाई हस्तान्तरण गरेको हो ।

पहिलो युनिट अन्तरगत पाच ब्लकमा रहेको कारागार सहित प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकाई कार्यालय लगायतका विस्तारित केन्द्रीय कारागारको लागी चाहिने अत्यावश्यक संरचनाको निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.