लेखर्क पहिरो पीडितलाई नेशनल लघुवित्त वित्तीय संस्थाबाट राहत उपलब्ध

भदौ १२, २०८१ मा प्रकाशित | 844 views


काठमाडौ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित लेखर्कको पहिरो पीडितलाई नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले राहत प्रदान गरेको छ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय दोरम्बाले पहिरो पीडित परिवारलाई खाद्य तथा गैह्रखाद्य (बन्दोबस्ती)का सामाग्रि उपलब्ध गराएको हो ।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका अनुगमन अधिकृत रामचन्द्र लोहनीको अनुसार विपतबाट परिवारका सदस्य गुमाएका तथा बसोबास गरिरहेको आवासमा क्षति पुगेर विस्थापित भएका पीडितलाई तत्कालको लागी अभाव रहेको खाद्यान्न र त्रिपाल सहितको बन्दोबस्तीका सामाग्रि सहयोग गरिएको हो । सहयोग सामाग्रि लघुवित्त वित्तीय संस्थाको तर्फबाट दोरम्बा शैलुङ गाउँपालिकाको उपाध्याक्ष खमला थापामगर मार्फत वडा नं. ३ का अध्यक्ष सन्तलाल थापामगरलाई प्रदान गरिएको छ ।

उक्त राहत सामाग्रिहरु प्रभावितहरुलाई आवश्यकताको आधारमा वडा कार्यालयबाट नै समान रुपमा वितरण गरिने भएकाले पीडितको आवश्यकताको आधारमा उपभोग गर्नको लागी राहत सामाग्रि प्रदान गरिएको अनुगमन अधिकृत लोहनीले जानकारी दिनुभयो ।

उहाँको अनुसार पहिरो प्रभावितको लागी नेशनल लघुवित्त वित्तीय संस्था खाद्यान्नमा चामल, दाल, नून, चिनि, विस्कुट, चिउरा, भुजा सहित गैह्रखाद्यमा त्रिपाल, ब्ल्याङकेट लगायतका सामाग्रिहरु प्रभावित स्थलमा नै पुराई प्रदान गरिएको हो ।

यसअघि पनि विभिन्न स्थानमा भएका विपतका घटना तथा कोरोना रोगको सक्रमणको जोखिमको समयमा सरकारको राहत कोषमा नगद दाखिला देखि प्रभावित भएका आफ्ना सदस्यहरुलाई नेशनल लघुवित्त वित्तीय संस्थाले सहयोग तथा राहत उपलब्ध गराउदै आएको थियो ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित लेखर्कमा यही भदौ ८ गते मध्येरातमा गएको पहिरोमा परेर घटनास्थलमा नै ६ जनाको निधन भएको थियो भने चार जना बेपत्ता भएकाले खोजतलास भइरहेको र एक जना घाइते भएका थिए । उक्त घटनाबाट विस्थापित तथा पीडित भएकालाई नेशनल लघुवित्त वित्तीय संस्थाले तत्कालको लागी अभाव देखिएको खाद्य तथा गैह्रखाद्य सामाग्रि राहत उपलब्ध गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web