अमेरिकी राष्ट्रपति पदका स्वतन्त्र उम्मेदवार केनेडीको उम्मेदवारी फिर्ता

भदौ ८, २०८१ 2024-08-24 मा प्रकाशित
Published at 2024-08-24

139 views

काठमाडौँ । अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले उम्मेदवारी फिर्ता लिनुभएको छ । केनेडी जुनियरले अमेरिकाको एरिजोनामा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको र आफुले ट्रम्पलाई समर्थन गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । र्‍यालीमा केनेडी र ट्रम्प दुवै जनाले सम्बोधन गर्नुभएको थियो ।

केनेडी जुनियर अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा र पूर्व राष्ट्रपति जोन एफ केनेडीका भतिजा हुनुहुन्छ । डेमोक्र्याटिकका पूर्वनेता केनेडी जुनियरले विचारमा मतभेद भएपछि पार्टी छाड्नुभएको थियो । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले यसअघि केनेडीको समर्थकबाट पनि भोट प्राप्त हुने गरी पहल गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.