नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनको तयारी

साउन ३१, २०८१ मा प्रकाशित | 230 views

काठमाडौँ । नुवाकोट । नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरण अन्तरगत पाचवटा ब्लक निर्माणको काम पूरा भएसँगै कैदीबन्दी स्थानान्तरणको तयारी पूरा भएको छ ।

विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको दोस्रो चरण अन्तरगत एक हजार तीनसय ७० जना कैदीबन्दी राख्ने क्षमताको भौतिक संरचना निर्माण पूरा भएसँगै अबको केही दिनमै कारागार सञ्चालनमा ल्याउन लागिएको हो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यको अनुसार महिलाको लागी एकवटा र पुरुषको लागी चार वाट ब्लक सहितको कारागारको लागी आवश्यक संरचना निर्माणको काम पूरा भएको छ । प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापनाको तयारी सहित विद्युत्, खानेपानी, सञ्चार, स्वास्थ्य उपचार कक्ष लगायतको व्यवस्थापनमा गर्नुपर्ने सुधार पूरा भएकाले कारागार सञ्चालनमा ल्याउन लागिएको महानिर्देशक आचार्यले जानकारी दिनुभयो ।

केन्द्रीय कारागार निर्माणको पहिलो चरणमा जग्गा संरक्षणको चारकिल्ला निर्धारण गरेर संरक्षणको लागी पर्खाल लगाइएका थियो भने दोस्रो चरणमा एक हजार तीनसय ७० जना कैदीबन्दी अट्ने क्षमताको पाचवटा ब्लक निर्माण गरिएको छ ।

सात हजार कैदीबन्दी अट्ने क्षमताको भौतिक संरचना निर्माण सहित शिक्षालय, पुस्तकालय, अस्पताल, सिप विकास तथा प्रबद्र्धन केन्द्र, योग तथा ध्यानकेन्द्र सहितको आधुनिक सुधार गृहको रुपमा नुवाकोटको केन्द्रीय कारागारको निर्माणको काम तेस्रो चरणमा गर्न लागिएको छ ।

काठमाडौँमा रहेको केन्द्रीय कारागारलाई विसं. २०७० चैत्र २० गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय पश्चात् थालिएको कारागार निर्माणको काम लक्ष्य भन्दा निकै ढिलो भइरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web