तीर्थयात्रीको उपचारका लागि गोसाईंकुण्डमा चिकित्सक टोली

साउन २९, २०८१ 2024-08-13 मा प्रकाशित
Published at 2024-08-13

187 views

रसुवा। प्रसिद्ध धार्मिक तीर्थस्थल रसुवाको गोसाईंकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ ।

बाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाण्डाैकाे सहकार्यमा गोसाईंकुण्डमा मेला भर्न पुग्ने तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि चिकित्सकसहित आठ जनाको समूह गोसाईंकुण्ड गएको हो ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले डा. सुशान हुमागाईंको नेतृत्वमा आठ जनाको टोली गोसाईंकुण्ड प्रस्थान गरेको जानकारी दिनुभयो । टोलीले गोसाईंकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने र गोसाईंकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ । सङ्घले गोसाईंकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.