हैजा र डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि सरकारको सक्रियता

साउन २९, २०८१ 2024-08-13 मा प्रकाशित
Published at 2024-08-13

121 views

काठमाडौँ । देशका विभिन्न भागमा हैजा तथा डेङ्गीको सङ्क्रमण देखिन थालेपछि यसलाई महामारीका रूपमा बढ्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम थालेको छ ।

मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र पालिकासँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ । टोलीले बिरामीको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिमा लक्षणको निगरानी गरिरहेका छन् ।

यस्तै पानीजन्य रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित निकाय तथा पदाधिकारीसँग समन्वय गरेर तत्काल काम थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ । देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेङ्गी प्रकोप नियन्त्रणका लागि सातै प्रदेशमा डेङ्गी परीक्षण प्रयोगशाला स्थापना गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

डेङ्गी नियन्त्रणका लागि विनियोजित १० करोड रुपैयाँबाट प्रदेशसँगै पालिकामासमेत लामखुट्टेको बासस्थान नियन्त्रण अभियानलाई तीव्रता दिइएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले डेङ्गी रोगबारे जनचेतना फैलाउन नेपाली भाषासहित १३ वटा अन्य भाषामा रेडियो सन्देश प्र;fरण गर्नुका साथै बिरामीका समस्या र जिज्ञासा समाधान गर्न टोल फ्री हटलाइन १११५ सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.