‘सन्धिस्थल ढुङ्गा’लाई धार्मिक, ऐतिहासिक एवं कूटनीतिक स्थलको रुपमा स्थापित गर्न बिदुर नगरपालिकाले १८ लाख रुपैया बजेट छुट्यायो

नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका वडा नं १० स्थित बेत्रावतीमा रहेको ‘सन्धिस्थल ढुङ्गा’लाई धार्मिक, ऐतिहासिक एवं कूटनीतिक स्थलको रुपमा स्थापित गर्न नुवाकोटका सरोकारवाहरुले चासो देखाएका छन् ।

आज नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बिदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, वडा नं ३ का वडाअध्यक्ष बद्री रिमाल, वडा नं. १० का वडाअध्यक्ष गणेशकुमार नेपाल, नेपाली सेनाका प्रमुख सेनानी विश्वप्रकाश कार्की सहित सुरक्षा निकायका प्रमुख एंव प्रतिनिधिको टोलीले विसं १८४९ मा नेपाल–चीन (भोट) बीच सन्धि भएको ऐतिहासिक स्थल बेत्रावतीमा रहेको ‘सन्धिस्थल ढुङ्गा’को संरक्षण र प्रर्बधन गर्न स्थलगत अबलोकन गर्नुभएको हो ।

‘सन्धिस्थल ढुङ्गा’लाई धार्मिक, ऐतिहासिक एवं कूटनीतिक स्थलको रुपमा स्थापित गर्न र उक्त स्थान हुदै वडा नं ११ मा रहेको धार्मिक एंव कुटनीतिक दुधेगढी लामालाई समेत एउटै सर्किटमा जोड्दै धार्मिक, साँस्कृतिक एंव कुटनीतिक महत्वका संरचना निर्माण तथा संरक्षणको लागि बिदुर नगरपालिकाले अहिलेलाई १८ लाख रुपैया बजेट छुट्याईएको नगरप्रमुख राजन श्रेष्ठले बताउनुभएको छ ।

नेपाल र तिब्बतले आफूबीचको शत्रुता त्यागी मित्रवत् सम्बन्ध कायम गरेको ऐतिहासिक स्थललाई जगेर्ना गर्न जनप्रतिनिधीको हैसियतले आफु सदैब तत्पर रहने बिदुर नगरपालिकाका नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

TOP