विदुरमा विपत पूर्व प्रतिकार्य र सडक सरसफाई चुस्त बनाउन सरसफाईकर्मी परिचालन

साउन २५, २०८१ मा प्रकाशित | 327 views


त्रिशूली । विदुर नगरपालिकाले विपत पूर्वतयारी र सडक सरसफाई कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक प्रक्रिया पूरा गरेको छ ।

विदुर नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीतिगत तर्फको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विपद् पूर्व तयारी र सडक सरसफाईकर्मीहरुको लागि अभिमुखिकरण कार्यक्रम गर्दै त्यसको लागी आवश्यक सामाग्रिहरु नगरप्रमुख राजन श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो ।

विपत पूर्वतयारी र सडक सरसफाई कार्यक्रम अन्तरगत विदुर नगरपालिकाको वडाहरुको सडकमा बर्षातको समयमा हुन सक्ने जोखिम न्यूनिकरणको लागि विपद् पूर्व तयारी जुट्नको लागी पहिरो तथा सडक नाली अबरुद्ध भएर भलबाढी उत्पन्न हुने, डुबान बनाउने, यातायात संचालनमा कठिनाई हुने लगायतका समस्या समाधानको लागी सक्रिय भएर लाग्न नगरप्रमुख राजन श्रेष्ठले निर्देशन दिनुभएको छ ।

नगरमा रहेका सडक अवरुद्ध हुन नदिनको लागि प्रत्येक वडामा १–१ जना सरसफाईकर्मी राखिएको छ । सरसफाईकर्मीलाई एकदिने अभिमुखिकरण पश्चात विपत पूर्वतयारी र सडक सरसफाई कार्यक्रमको लागी चाहिने आधारभूत सामाग्रि उपलब्ध गराई उनीहरुलाई कार्यक्षेत्रमा खटाइएको हो ।

अभियानमा खटिएका सरसफाईकर्मीलाई नगरपालिकाबाट बीमाको व्यवस्था समेत गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ । नगरपालिकाबाट खटाइएको सरसफाईकर्मीलाई तोकिएको वडा अन्तरगतको कार्यालयको सम्पर्क तथा समन्वय गरेर प्राप्त जिम्मेवारीलाई इमान्दारपूर्वक नगरमा आउनसक्ने विपतको प्रतिकार्यको तयारीमा जुट्न र सडक ढलनालीलाई अबरुद्ध हुन नदिई सरसफाई कायम राख्न नगरप्रमुख राजन श्रेष्ठले स्मरण गराउनुभएको छ ।

अभियानमा खटिएका सरसफाईकर्मीलाई अभिमुखिकरण तथा सामाग्रि प्रदान गर्न आयोजित कार्यक्रममा नगरप्रमुख सहित उपप्रमुख प्रभा बोगटी, वडा नं. २, ३, ४, ७ र १० का अध्यक्ष, वडा सदस्य सहित विपद शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web