हेलिकप्टर दुर्घटनाका मृतकको पोष्टमार्टम शुरू

साउन २४, २०८१ मा प्रकाशित | 359 views

हेलिकप्टर दुर्घटनाका मृतकको पोष्टमार्टम शुरू

काठमाडौँ । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेका मृतकको पोष्टमार्टम शुरू भएको छ।

सुरक्षा टोलीले संकलन गरेर बुधबार त्रिवि शिक्षण अस्पताल पुर्‍याएको शवको पोष्टमार्टम थालेको अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए। पोष्टमार्टम बिहीबार नै सक्ने प्रयास हुने उनले बताए। ‘तर शव धेरै जलेको र चिनिन सक्ने अवस्थामा नभएका कारण समय पनि लाग्न सक्छ’, उनले भने।

मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ। तर यसरी पत्ता नलागेमा औँठाछाप, दाँत र डीएनएबाट परीक्षण गरिन्छ। ‘शव अत्यधिक जलेको भए ‘डीएनए टेष्ट’ पनि गर्नुपर्ने हुनसक्छ’ चौधरीले भने, ‘त्यसो भएमा तत्काल शव दिन गाह्रो हुन्छ।’

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर ३ मिनेटमै नुवाकोटको शिवपुरी सूर्यचौर क्षेत्रमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट अरुण मल्लसहित पाँचजनाको मृत्यु भएको छ, जसमध्ये चार चिनिया नागरिक हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web