
काठमाडौँ । पछिल्लो दुई सातामा बंगलादेशमा अध्ययनरत दुई हजारभन्दा बढी नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।
बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको व्यवस्था विरोधी आन्दोलन हिंसात्मक बनेपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका हुन् ।
“हालसम्म दुई हजारभन्दा बढी फर्किनुभएको छ । अब साढे ३०० को हाराहारीमा नेपाली विद्यार्थी यहाँ हुनुहुन्छ । उहाँहरू सबै इन्टर्न डाक्टर हुनुहुन्छ । नेपाली विद्यार्थी सबै सुरक्षित हुनुहुन्छ,” बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले भने ।
बंगलादेशमा अहिले रहेका सबै नेपाली विद्यार्थीलाई होस्टलमा बस्न भनिएको छ । कुनै अप्ठेरो परे तुरुन्तै ढाकास्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनिएको उनले बताए ।
19.87¡ÆC