डेङ्गी सङ्क्रमणबाट तनहुँमा एक जनाको ज्यान गयो

साउन २२, २०८१ मा प्रकाशित | 320 views


काठमाडौँ । डेङ्गी सङ्क्रमणबाट एक जना पुरुषको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार तनहुँका ५० वर्षीय एक पुरुषको ज्यान गएको हो । यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ । ज्यान गएको घटना भने यो पहिलो हो ।

मृतक पुरुषलाई अन्य रोग पनि रहेको महाशाखाका कीटजन्य शाखा प्रमुख गोकर्ण दाहालले जानकारी दिनुभयो । नेपालमा ७७ जिल्लामध्ये अहिलेसम्म ७३ वटा जिल्लामा डेङ्गी सङ्क्रमण फैलिसकेको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ ।

सबैभन्दा बढी काठमाण्डौमा २ सय ८७ जना डेङ्गीका बिरामी छन् । निरन्तरको झरीले डेङ्गी सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web