
काठमाडौँ । देशका केही भू–भागमा बिहानैबाट वर्षा सुरु भएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
19.74¡ÆC