खनियाबाँस र रुभीभ्याली गाँउपालिकासंगको सडक सञ्जाल टुट्यो

साउन २१, २०८१ मा प्रकाशित | 247 views


त्रिशूली । नुवाकोटसंग सीमा जोडिएको धादिङको खनियाबाँस हुदै रुभीभ्याली गाँउपालिकामा विस्तार गरिएका सडकहरु क्षतिग्रस्त भएसगैँ यातायातका साधन सञ्चालन बन्द भएको छ ।

सडकमा पुगेको क्षतिको कारण जिल्लाको दुर्गममा पर्ने खनियाबाँस र रुभीभ्याली गाँउपालिकालाई थप अनकन्टार बनाएको छ । पहाडी भूबनोटमा विस्तार गरिएको सडकलाई वर्षातको कारण ठाँउठाँउमा भलबाढी, पहिरो र खोलाले क्षति पुराएको छ ।

धेरै स्थानमा पहिरो गएर क्षति पुराएको सडकलाई सञ्चालन गर्न स्थानीय सरकारको बजेटको आकारले काबुबाहिरको परिस्थिती रहेको भन्दै तत्कालै माथिल्लातहका सरकारको ध्यान जानुपर्ने देखिएको छ ।

सडक सञ्जालबाट विच्छेद भएको धादिङको खनियाबाँसहुदै रुभीभ्यालीसम्मको पैदलयात्रा पश्चात पत्रकार पोषनाथ अधिकारीले तयार गरेको एक रिपोर्ट ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web