बागमती प्रदेसमा विपद्का घटनाबाट ८८ जनाको मृत्यु

साउन २१, २०८१ मा प्रकाशित | 296 views


त्रिशूली । बागमती प्रदेशमा हालै सम्पन्न आर्थिक वर्षमा विभिन्न विपद्का घटनाबाट ८८ जनाको मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेसमा रहेका १३ जिल्लामा आगलागीका घटना ४९३ वटा, वन डढेलो १२२ वटा, पहिरो ९० वटा भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, वन्यजन्तु आक्रमण ४२, बाढी ३३, चट्याङ १४, हावाहुरी १३ वटा लगायत विपतका घटनाको दर ८५६ वटा भएको तथ्यााङ्क रहेको छ । ती घटनामा परेर ४३ जना बेपत्ता भएका छन् भने १८४ जना घाइते भएको उल्लेख गरिएको छ ।

विपद्का कारण ६१९ वटा पशु चौपायाको क्षति भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जानकारी दिनुभएको छ ।

प्रदेश सरकारले १३ जिल्लामा विपद् व्यवस्थापनका लागि १ करोड ७० लाख रुपैयाँ बजेट प्रदान गरेको छ । त्यसमध्ये ६१ लाख ८७ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web