डेंगु रोगको सक्रमणले माहामारीको रुप लिदै

साउन २०, २०८१ मा प्रकाशित | 258 views


त्रिशूली । देशका ७७ मध्ये ७३ जिल्लामा फैलिएको डेंगु रोगको सक्रमणले माहामारीको रुपमा लिदै गएको छ ।

पछिल्लो समयमा दैनिक पानी परिरहेकाले डेंगु रोगको सङ्क्रमण बढ्दै गएसगैँ सावधानी अपनाउन गम्भीर हुनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । देशभर दुई हजार एकसय भन्दाधेरै व्यक्तिमा डेंगु रोगको सङ्क्रमण देखिएको छ ।

महाशाखाको किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्ला दैनिक रुपमा रोगका नयाँ सक्रमित देखा पर्न थालेको हो । अहिलेसम्म मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएकाले यही गतिमा फैलने हो भने माहामारीको रुप लिने भन्दै अहिलेदेखि नै सबै पक्षले सावधानी अपनाउनुपर्ने महाशाखाको भनाई रहेको छ ।

चिसो मौसम र समयमा लामखुट्टे हराउनुपर्ने भएपनि विगतको वर्षहरुमा मंसिरसम्म नै रोगको सक्रमण कायम रहेकाले आगामी दिनमा अझै धेरै सचेत हुनुपर्ने विभागको भनाई छ ।

डेंगुबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको छ । त्यसका लागि आफ्नो घर तथा कार्यस्थलको वरिपरी पानी जम्न नदिन, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन, सुत्ने समयमा झुल तथा लामखुट्टे भगाउने विषादीको प्रयोग गर्न र पूरै शरीर छोपिने लुगा लगाउन चिकित्सकले सुझाब दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web