
त्रिशूली । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दुःख नदिन म्यानपावर व्यावसायीलाई वैदेशिक रोजगार विभागले सचेत गराएको छ ।
म्यानपावर व्यवसायीले केही युवालाई वैदेशिक रोजगारीमा जान छनोट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने लगायतका गैह्र कानूनी कार्य गरेको गुनासो बढेको भन्दै म्यानपावर व्यावसायीलाई सचेत गराएको हो ।
विभागका निर्देशक गुरुदत्त सुवेदीले पछिल्लो समयमा वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने गरेको गुनासो ब्यापक आएको भन्दै अबका दिनमा त्यस्तो गुनासो आएमा म्यानपावर व्यवसायीलाई सच्चिने अवसर नर्दिइ कारबाही गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

यसैबीच, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले समेत तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान नगरेको गुनासो विभागमा आइरहेको भन्दै सच्चिनको लागी वैदेशिक रोजगार विभागले सचेत गराएको छ ।
विभागले वैदेसिक रोजगारमा जान चाहेका युवालाई आफू जान चाहेको राष्ट्र, गर्ने काम सम्बन्धिको सिप, लाग्ने शुल्क, पाउने पारिश्रमिक, बिदा लगायतका सेवा सुविधाको सम्बन्धमा राम्रोसंग बुझेर मात्र जानको लागी आग्रह गरेको छ । रोजगारमा जादा लाग्ने भन्दा बढी शुल्क नदिन, अनिवार्य रुपमा श्रम सम्झौता गर्न तथा आफ्नै देशको बिमानस्थल भएर जानको लागी स्मरण गराएको छ ।
19.12¡ÆC