नुवाकोटमा अपराधका घटना सङ्ख्यात्मक रुपमा बढ्यो, गम्भीर प्रकृतिका अपराध नियन्त्रण गर्न प्रहरी सफल

साउन १७, २०८१ मा प्रकाशित | 477 views


त्रिशूली । नुवाकोटमा अपराधका घटना हरेक वर्ष बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तीन वर्षको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले हिजो बुधबार पत्रकार सम्मेलन मार्फत हालै सम्पन्न भएको आर्थिक वर्ष २०८०–८१ को एक वर्षमा २९४ थान मुद्धा जिल्ला प्रहरी कार्यालयले न्यायिक निकायमा दर्ता गरेको प्रहरी प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

उहाँको अनुसार पछिल्लो दुई वर्षको अवधिमा अपराधसंग सम्बन्धित मुद्धा २११ बाट बढेर २५१ हुदै यो वर्ष मुद्धा दर्ताको सङ्ख्या २९४ पुगेको हो । अपराधका घटनामा बृद्धि भएपनि प्रहरी मार्फत गर्नसक्ने निगरानी, नियन्त्रण लगायतका मुद्धाहरु भने क्रमशः घटाउदै ल्याउन सफल भएको पाइएको छ ।

हालै सम्पन्न भएको एक आर्थिक वर्षमा अपराधसंग जोडिएका घटनाको दर बृद्धि भएपनि मानवीय क्षति, मानव बेचविखन, लागूऔषध जस्ता गम्भीर प्रकृतिका अपराधलाई नियन्त्रण गर्न प्रहरी सफल भएको छ भने अभद्र व्यबहारमा सबैभन्दा धेरै १६७ मुद्धा दर्ता भएको प्रहरी प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभएको छ । उहाँको अनुसार अघिल्ला वर्षको भन्दा आत्महत्या र बैंकिङ्क कसुर लगायतका मुद्धाहरु निकै बढेको तथ्याङ्कले देखाएको छ ।

नुवाकोट प्रहरीले माथिल्लो निकायको रुपमा रहेको नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, बागमती प्रदेस प्रहरी कार्यालयबाट प्राप्त कार्ययोजना सहित आफै जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण सम्बन्धि कार्य योजना बनाएर कार्यसम्पादन गर्दै आएको जनाएको छ ।
जिल्ला स्थित प्रहरी कार्यालयले प्रदेस प्रहरी कार्यालयसंग कार्यसम्पादन सम्झौता गरेर योजनाबद्ध रुपमा आफ्नो कार्यक्रम सञ्चालन गर्दै आइरहेको नुवाकोट प्रहरी प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभएको छ । उहाँको अनुसार अहिले जिल्लामा विपतका घटना हुन नदिनको लागी प्रहरी केन्द्रित रहेको छ भने शान्ति सुरक्षा, अमनचयन, जनधनको रक्षाको लागी नुवाकोट प्रहरी तदरुकताको साथ खटिरहेको उल्लेख गरिएको छ । 

नुवाकोटमा प्रहरी युनिटको सङ्ख्या जिल्ला प्रहरी कार्यालय सहित ३५ वटा रहेको छ । जिल्ला प्रहरी कार्यालय सहित विभिन्न २० स्थानमा रहेका प्रहरी इकाईको आफ्नै भवन रहेको छ भने अन्य निकायको भवनमा रहेका प्रहरी इकाई तीनवटा, भाडामा र अस्थायी टहरामा ६–६ वटा प्रहरी कार्यालयहरु नुवाकोटमा रहेका छन् ।

चीनसंग जोडिएको त्रिदेशीय नाका, ओखरपौवा स्थित काठमाडौको फोहोर व्यावस्थापनमा देखिने निरन्तरको समस्या, मानव बेचविखन तथा काठमाडौमा हुने अपराधमा संलग्न व्यक्तिलाई ‘सेल्टर’को रुपमा समेत नुवाकोटको भूमीलाई लिने भएकाले प्रहरी परिचालनको लागी अहिले कायम रहेको पाचसय ५० जना हाराहारीमा रहेको प्रहरी कर्मचारीलाई सुरक्षा दिन निकै चुनौती रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web