राजनीतिक प्रतिशोधको कारण विकासले गति लिन नसकेको सूर्यगढीका अध्यक्ष घलेकोे गुनासो

साउन १४, २०८१ 2024-07-29 मा प्रकाशित
Published at 2024-07-29

161 views

नुवाकोट । तीनतहमा रहेका सरकारबीच तालमेल नहुनु र राजनीतिक प्रतिशोधको कारण विकासले गति लिन नसकेको सूर्यगढी गाँउपालिकाको अध्यक्ष सन्तबहादुर घलेले गुनासो गर्नुभएको छ । 

अहिले वर्षात्को समयमा निम्तिएका विभिन्न विपतका घटनाहरुमा विकास निर्माण अन्तरगत विस्तार भएका सडक मुख्य कारक रहेको भन्दै अध्यक्ष सन्तबहादुर घलेले माथिल्ला तहमा रहेका संघीय र प्रदेस सरकारले बजेट बिनियोजन गर्दा राजनीतिक पहुँच र आर्थिक स्वार्थको कारण पहुँच पुग्नेले पाउने गरेको बताउनुभएको छ । 

विपतको स्वरुप कस्तो हुने, विकास निर्माणको लागी बिनियोजित बजेट र त्यसबाट लाभ पाउने घरधुरीको मूल्याङ्कन नहुदाँ पहुँच र पावरमा बिनियोजित बजेटले विकास गर्न नसकेको उहाँले गुनासो गर्नुभएको छ । 

विकास निर्माणको लागी घरदैलोको सरकार र विपतको समयमा पहिला खटिने र नागरिकलाई बचाउने पहिलो दायित्व स्थानीय सरकारले बहन गर्दै आइरहेको भन्दै अध्यक्ष सन्तबहादुर घलेले विपतको घटना हुन नदिन आफूहरुले गम्भीर रुपमा पूर्वसोचविचार गरेर विकासका गतिविधि सञ्चालन गर्दै आइरहेको बताउनुभएको छ । 

माथिल्लातहका सरकार र माथिल्लातहमा रहेका संसद्का प्रतिनिधिहरुले विकास निर्माणको मापदण्ड र मोडल बनाएर मात्रै बजेट तथा योजना कार्यान्वयन गर्नुपर्ने उहाँको सुझाब छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.