काठमाडौं,साउन ३ । नयाँ सरकार बन्ने जोडघटाउ सुरु भएपछि अहिले ठूला दलहरुमा विद्रोही र साना दलहरुमा ‘मुसा प्रवृत्ति’ को बिगबिगी हुन थालेको छ। केही वर्षअघि तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफू नेतृत्वको सरकार छाडेर अर्को सरकार बनाउन फुत्त राजीनामा दिएर हिँड्ने केही मन्त्रीलाइए संकेत गर्दै मुसा प्रवृत्तिको संज्ञा दिएका थिए। त्यसबेला उनले लक्षित गरेका प्रमुख पात्र अहिलेका उपप्रधानमनत्री तथा परराष्ट्रमन्त्री कमल थापा थिए। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

सत्ताको डुंगामा प्वाल परेर पानी छिर्ने र डुब्ने अवस्थामा पुगेपछि त्यो डुंगा टालटुल पारेर जोगाउनुको सट्टा अर्को डुंगामा फुत्त हामफाल्ने प्रवृत्तिको रुपमा अथ्र्याइने गरेको छ। त्यतिबेला मुसा प्रवृत्तिको नायकको रुपमा चर्चित अहिलेका राप्रपा नेपालका अध्यक्ष थापा भने त्यति बेला ठीक उल्टो अहिले वर्तमान सरकारलाई अन्तिम समयसम्म साथ दिने भन्दै पार्टीबाटै निर्णय गराइसकेका छन्।

तर, अन्य कतिपय मन्त्रीहरु भने अहिलेको सत्तारुपी डुंगा छोडेर नयाँ गठबन्धनका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्री बनाइदिनुपर्यो भन्दै अनुनय विनय गर्न थालेका छन्।

प्रधानमन्त्री नै पाउने अवस्थामा माओवादी केन्द्रले अहिलेको सत्ता छोड्नुलाई स्वभाविकरुपमा लिइए पनि अन्य साना दलको कुदाकुदलाई भने राजनीतिक विश्लेषकहरुले अनौठो ठानेका छन्।

29.12¡ÆC