घरेलु औजार प्रयोग गरेर बलुवा झिक्न पाउनुपर्ने बेलकोटगढीका नगरप्रमुख गुरुङको माग

साउन १३, २०८१ मा प्रकाशित | 734 views


त्रिशूली । नुवाकोटका विभिन्न स्थानीयतहका निर्वाचित जनप्रतिनिधिहरुले जिल्लाका नदी तथा खोलाबाट स्थानीय श्रमिकहरुले घरेलु औजार प्रयोग गरेर बालुवा झिक्न पाउनुपर्ने माग गरेका छन् ।

नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिका सहित लिखु, पञ्चकन्या, शिवपुरी लगायतका गाँउपालिकाको अध्यक्षहरुले अन्य जिल्लाहरुमा खोला–नदीबाट स्थानीय श्रमिक मजदुरलाई साबेल, बेल्चा प्रयोग गरेर बालुवा झिक्न दिइरहेको तर, नुवाकोटमा नपाएको भन्दै याहाँको प्रहरी–प्रशासन प्रति आपत्ति जनाएका छन् ।

हालै बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकमा बेलकोटगढी नगरपालिकाको नगरप्रमुख जगतबहादुर गुरुङले छिमेकी जिल्ला धादिङले कोल्पु खोला र त्रिशूली नदीमा स्थानीयबासीलाई घरेलु औजार प्रयोग गरेर बालुवा झिक्न दिएपनि एउटै प्रदेशमा पर्ने नुवाकोटमा भने रोक लगाउनुपर्ने कारण के हो ? भनेर प्रहरी–प्रशासनलाई प्रश्न गर्नुभएको छ ।

नगरप्रमुख जगतबहादुर गुरुङले कोल्पु खोलाको धादिङतर्फ बालुवा झिक्न पाइरहेको तर, नुवाकोटतर्फ भने वडा कार्यालयका स्थानीय श्रमिक भनेर गरेको सफारिसमा घरेलु औजार प्रयोग गरेर दैनिक जिविकोपार्जनको लागी बालुवा झिक्ने श्रमिकहरुलाई नुवाकोट प्रशासनले नदिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web