अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

साउन १२, २०८१ 2024-07-27 मा प्रकाशित
Published at 2024-07-27

140 views

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समा लेख्दै ह्यारिसले आफूले उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेको जानकारी गराउनुभएको हो ।

उहाँले आफू हरेक मत कमाउन कडा मेहनत गर्ने भन्दै नोभेम्बरमा आफूहरुको जीत हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यसअघि आन्तरिक चुनावबाट उम्मेदवारमा छनौट भइसकेका वर्तमान राष्ट्रपति जो बाइडेनले आउँदो चुनावको प्रतिस्पर्धा छाडेपछि ह्यारिसलाई उम्मेदवार बन्ने अवसर आएको हो ।

डेमोक्र्याटिक पार्टीले नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो उम्मेदवारको रूपमा समर्थन जनाइसकेको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले पनि हिजो अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.