
हेटौंडा । बागमती प्रदेशका चार जना मन्त्रीले शपथ लिएका छन् ।
मुख्यमन्त्री बहादुरसिं लामा मुख्यमन्त्री बनेपछि कांग्रेसबाट नियुक्त भएका चार जना मन्त्रीले आज शपथ लिएका हुन् ।
आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, सामाजिक विकासमा हरिप्रभा खड्गी, खानेपानी, ऊर्जा तथा सिँचाइमा श्यामबहादुर खड्का र विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठले शपथ लिएका हुन् ।
मुख्यमन्त्री लामाले बिहीबार मन्त्री नियुक्त भएका प्रभात तामाङ हटाएर कुन्दनलाई आर्थिक मामिलाको जिम्मा दिएका हुन् ।
यसअघि उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, उनले आर्थिक मामिला मन्त्रालय मागर्दै शपथ रोक्न दबाब दिएका थिए ।