
त्रिशूली । बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले स्वास्थ्य र शिक्षालाई विदेशमा जस्तै नेपालमा पनि निःशुल्क बनाउनको लागी पहल गर्नुपर्ने बताउनुभएको छ ।
त्रिशूली अस्पतालको ६०औँ बार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आफूले विदेश जाने क्रममा पाएको अनुभवले स्वास्थ्यलाई व्यवस्थित बनाएर शिक्षालाई निःशुल्क बनाउन पर्ने चाहना आइरहेको बताउनुभएको हो ।
विदेशमा स्वास्थ्यलाई निकै महत्व दिने गरेको र त्यहीबाट शिक्षित समाजनको स्थापना हुने भएकाले स्वास्थ्यलाई गुणस्तर बनाई शिक्षालाई स्वतः गुणस्तरीय बनाउन सकिने भएकाले नेपालमा पनि सोही नीति अपनाएर स्वास्थ्य र शिक्षालाई निःशुल्क बनाउने आफ्नो चाहना रहेको उहाँले बताउनुभएको छ ।
विदेशमा निःशुल्क स्वास्थ्य र शिक्षा कार्यान्वयनको लागी सुशासन र नियमन निकै प्रभावकारी रहेको उदाहरण दिदै उहाँले सरोकारवाला सबै पक्षले सुशासन र बित्तिय नियमनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नपर्ने मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बताउनुभएको हो ।