बिमान दुर्घटना : ज्यान गुमाएका नुवाकोटका नवराज सहित १३ परिवारले शव बुझ्न मानेनन्

साउन १२, २०८१ 2024-07-27 मा प्रकाशित
Published at 2024-07-27

168 views

त्रिशूली । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जानाको शव आफन्तले बुझेका छन् ।

यही बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बिमान दुर्घटनामा परेर ज्यान गुमाएका मध्ये तारकेश्वर गाँउपालिका वडा नंं २ माझीगाउँका नवराज आलेमगरको परिवार सहित १३ परिवारले कम्पनी प्रति राखेको माग सम्बोधन नभएको भन्दै शव बुझ्न अस्वीकार गरेका छन ।

शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट मृतकका आफन्तले शव बुझेको अस्पताल प्रशासनले जनाएको छ । विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शुक्रबार शव बुझ्नुभएको हो ।

दुर्घटनामा ज्यान गुमाएका अन्य व्यक्तिका परिवारले भने बीमा तथा क्षतिपूर्ति लगायतका माग पूरा नभएसम्म शव नबुझ्ने अडान राख्दै आउनुभएको छ ।

विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते हुनुभएको थियो । उहाँको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.