सौर्य एयरलाइन्समा ज्यान गुमाएका व्यक्तिको शवको परीक्षण आज सकिने

साउन ११, २०८१ मा प्रकाशित | 232 views

त्रिशूली । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं. २ माझीगाउँका नवराज आलेमगर सहित १२ जनाको शवको परीक्षण सकिएको छ । ज्यान गुमाएका १८ जनाको परीक्षण सकिन थप समय लाग्ने भएकाले दिवंगत व्यक्तिहरुको पहिचान गर्नुपर्ने लगायतको कारण परीवारले शव बुझ्न भने कहिले पाउने अन्योल भएको छ ।
सबै जनाको परीक्षण आज शुक्रबारसम्म सक्ने लक्ष्य भएपनि डीएनए परीक्षण गर्नुपर्ने भएमा थप दुई हप्ता समय लाग्न सक्ने त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले सबैको पहिचान सकिएपछि मात्रै परिवारलाई शव प्रदान गरिने अस्पतालले जनाएको छ । सबैको पहिचान भएमा आज शुक्रबार नै परिवारलाई दिइने र डीएनए परीक्षणसमेत गर्नुपर्ने अबस्था आएमा परिवारले शव लिन थप दुई साता लाग्ने देखिएको हो ।

त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरी 

यही बुधबार काठमाडौबाट पोखरा बिमान मर्मतको लागी जान लागेको समयमा सौर्य एयरलाइन्सको जहाज काठमाडौको धावनमार्गमा नै दुर्घटना भएको थियो । दुर्घटनामा परेर तारकेश्वर गाँउपालिका वडा नं. २ माझीगाउँका नवराज आलेमगर सहित १८ जनाको निधन भएको थियो ।
घाइते भएका बिमानका पाइलटको उपचार भइरहेको र अबस्था सुधार हुदै आएको उपचाररत काठमाडौ मेडिकल कलेजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web