बागमती प्रदेसका मन्त्रि मदुकुमार श्रेष्ठ जिम्मेवारी बिहिन
साउन ११, २०८१ 2024-07-26 मा प्रकाशित Published at 2024-07-26
296 views
त्रिशूली । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले दोश्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले आफ्नै दल नेपाली कांग्रेसको तर्फबाट चार जनालई मन्त्री नियुक्त गर्नुभएको हो ।
कांग्रेसबाट मन्त्री हुनेमा प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी रहेका छन् । प्रभात तामाङलाई आर्थिक मामिला तथा योजनामन्त्री, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्री र बिमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाइएको छ ।
यही, बुधबार मन्त्री नियुक्त हुनुभएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट बुधबार नै मन्त्री हुनुभएका मदुकुमार श्रेष्ठलाई भने अझै मन्त्रालयको जिम्मेवारी दिन बाँकी रहेको छ ।
१४ सदस्य रहेको प्रदेस मन्त्रिपरिषद्मा नेकपा एमालेबाट प्रकाश श्रेष्ठलाई कृषि मन्त्री, अमनकुमार मास्केलाई भौतिक पूर्वाधार मन्त्री, किरण थापामगरलाई स्वास्थ्य मन्त्री, कृष्णप्रसाद सिलवाललाई वन मन्त्री, प्रेमभक्त महर्जनलाई श्रम रोजगार मन्त्री र शुकमाया तामाङलाई उद्योग मन्त्रीको जिम्मेवारी दिइएको छ ।