
काठमार्डाँ । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
हिजो बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज देशभर देखि विदेशी कुटनितिक नियोगमा समेत राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार दुर्घटनाको कारण पहिचानको लागी सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
यस्तै, विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न पनि सम्पूर्ण बिमान सञ्चालन गर्ने कम्पनीहरुलाई निर्देशन दिएको छ ।
27.18¡ÆC