
त्रिशूली । अविरल वर्षासगैँ बगेको पहिरोले देवीघाट–गल्छी सडक खण्ड अबरुद्ध भएको छ ।
विभिन्न चार स्थानमा गएको पहिरोले सडकको आवागमन पूरै अबरुद्ध बनाएको हो । कुनै स्थानमा सडकको माथीबाट आएको पहिरोले आउजाउ बन्द भएको छ भने कुनै स्थानमा सडक नै भासिएर अबरुद्ध भएको हो ।

सडक खुलाउन ‘हेभी उपकरण’ प्रयोग गर्नुपर्ने भएको छ । अहिले बिहानबाट काम सुरु गर्न लागिएकाले समय लाग्ने देखिएको नुवाकोट प्रहरीले जनाएको छ । तत्कालको लागी बैकल्पिक सडक मार्ग प्रयोग गर्न यात्रुहरुलाई प्रहरीले अनुरोध गरेको छ ।

तस्बीरहरु : पत्रकार, शम्भुराम दाहाल ।
14.93¡ÆC