
कञ्चनपुर। कञ्चनपुरका बाढी पीडितलाई नेशनल लघुवित्त वित्तिय संस्थाले राहात वितरण गरेको छ। बेलौरी नगरपालिका, वेदकोट नगरपालिका, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका बाढी पीडितलाई संस्थाले खाद्यन्नलगायत राहत सामाग्री वितरण गरेको हो।
असार तेस्रो साताको अविरल वर्षापछि आएको बाढीले पीडित बनेका तीन सय २० परिवारलाई राहत सहयोग गरिएको नेशनल लघुवित्त वित्तिय संस्थाका सीइओ राम बहादुर यादवले बताए।
‘संस्थामा आबद्ध सदस्य हाम्रो परिवारजस्तै हो। उहाँहरु दुःखमा रहेको बेला थोरै भएपनि सहयोग गरेर दुःखमा साथमा छौँ भनेर महसुस गराउन राहात वितरण गरेका हौँ,’ उनले भने, ‘हामी हरेक सामाजिक कार्यमा साथमा छौँ।’
सोमबार वेदकोटको सुडा शाखाले भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाका बाढी पीडित आफ्ना एक सय ४० सदस्यलाई त्रिपाल, २५ किलोग्रामको एक कट्टा चामल, तेल, नुनलगायत खाद्यन्न सहयोग गरेको शाखा प्रमुख मिना रिजालले बताइन्।
‘बाढीले घर भत्किएका छन्। अन्नपात भिजेको छ। बाढीको पीडामा रहेका सदस्यलाई एक महिना पुग्ने गरी खाद्यन्न सहयोग गरेका छौँ,’ उनले भने, ‘ओत लाग्नका लागि त्रिपाल पनि दिएका छौँ।’
यस्तै, सोमबार नै दोधारा चाँदनी नगरपालिकाका एक सय ५५ जना बाढी पीडितलाई त्रिपालसहित खाद्यन्न सहयोग गरिएको छ।
संस्थाको बेलौरी शाखाले आइतबार एक कार्यक्रमकाबीच बाढी पीडित आफ्ना ५५ सदस्यलाई चामल, दाल, तेल, चिउरालगायत खाद्यन्न हस्तान्तरण गरेको थियो।
कञ्चनपुरको बेलौरी, शुक्लाफाँटा, वेदकोट र दोधारा चाँदनीमा नेशनल लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय रहेको छ। देशभर ७४ जिल्लामा शाखा कार्यालय रहेको संस्थामा २ लाख ४० हजार सदस्य आबद्ध छन्।
विपद्ले क्षति पु-याएको क्षेत्रका स्थानीयको पीडामा मलह्म लगाउने उद्धेश्यले संस्थाले सहयोग गर्दै आएका् सीइओ यादले बताउँछन्। उनका अनुसार जाजरकोट भूकम्प पीडितलाई ६० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको थियो।
15.25¡ÆC