भरतपुर क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

साउन ७, २०८१ मा प्रकाशित | 157 views


काठमाडौँ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत घुस सहित रङ्गेहात पक्राउ परेकी छन् । अस्पतालकी लेखा अधिकृत अमृता कोइरालालाई भरतपुर ७, कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट हिजो घुससहित पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले कोइरालालाई १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिनुभयो ।

कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको हो । कोइरालाले घुस नलिएसम्म भुक्तानीका लागि चेक नै नबनाउने गरेको आरोप लाग्दै आएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले आफू जिल्ला बाहिर रहेको र घटनाबारे सञ्चार माध्यमबाट मात्रै थाहा पाएको भन्दै विस्तृत विवरण थाहा नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web