अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

साउन ३, २०८१ मा प्रकाशित | 367 views

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ। राष्ट्रपति बाइडेनलाई कोरोनाको लक्षणसमेत देखिएको ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले जानकारी दिनुभएको छ।

उहाँकाअनुसार बाइडेनलाई अब आफ्नै निवासमा कोठाभित्र आइसोलेसनमा राखिने छ । राष्ट्रपति बाइडेनले कोरोनाको खोप प्याक्सलोभिडको पहिलो डोज लिईसक्नुभएको बीबीसीले जनाएको छ ।

अमेरिकामा चुनावी गतिविधि चर्कीरहेको बेला बाइडेन कोरोना सङ्क्रमण भएपछि उहाँको चुनावी अभियान प्रभावित हुने भएको छ । ८१ वर्षीय बाइडेनमाथि उम्मेदवार नबन्न चर्को दबाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web