त्रिशूली नदीमा बगेका बस तथा थप यात्रु अझै भेटिएनन्

साउन २, २०८१ मा प्रकाशित | 200 views


काठमाडौँ । मुग्लिन–नारायणगढ सडक अन्तर्गत चितवनकाे सिमलतालमा भएको बस दुर्घटनामा हराएकाहरूको खोजी आज पनि चलिरहेको छ ।

ध्वनि तरङ्गमार्फत पानीमुनि खोज्न सकिने प्रविधि सोनार डिभाइस, पानीमुनि हेर्न सकिने क्यामेरा लगायतको प्रयोग गरी खोजी भइरहेको भए पनि आज दिनभरमा बस तथा हराइरहेका व्यक्तिको थप शव नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

आज बिहानसम्म १७ जनाको शव भेटिएको छ । तीमध्ये नौ जनाको शवको पहिचान भएको छ । त्रिशूलीमा खसेर हराएका दुवै बस भेटिएका छैनन् । यात्रुहरूको शव पनि दुर्घटनास्थलभन्दा झन्डै एक सय किलोमिटर तलसम्म भेटिएका हुन् ।

पहिरोले त्रिशूलीमा खसालेका दुई वटा बसमा गरी ६५ जना यात्रु चढेका विवरण प्राप्त भएको छ । उनीहरूमध्ये तीन जनाले ज्यान जोगाउन सफल भएका थिए । चितवनका होटल व्यवसायीहरूले बस दुर्घटनामा आफन्त गुमाएका परिवारजनलाई अहिले निःशुल्क बस्न र खान सुविधा दिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web