भद्रुटारबाट बेलकोट माइत हिडेकी अम्बिका हराइन, झोला भने त्रिशूली नदीले बगाउदै गर्दा भेट्टियो

असार २९, २०८१ मा प्रकाशित | 299 views


नुवाकोट । पञ्चकन्या गाँउपालिका–५ भद्रुटारबाट बेलकोट माइत जान्छु भनेर हिडेकी ३१ वर्षीया अम्बिका खतिवडा सम्पर्क बिहीन भएकी छिन् । उनले बोकेको लाखौ रुपैयाँका गरगहना सहितको झोला त्रिशूली नदीले बगाउदै गरेको अवस्थामा भेट्टिएको भएपनि उनी भने बेखबर भएको हो ।

स्वास्थ्य जाँच गराउने र केही दिन माइत तिरै बस्ने भनेर शुक्रबार बिहान साढे सात बजे भद्रुटारबाट हिडेकी थिइन् । त्यसपश्चात उनीसंग ससुरा माघवप्रसाद खतिवडाले ९:00  बजे फोन गर्दा गगटे पुगेको बताएकी थिइन भने १२:00  बजे फोन गर्दा मोबाइल अफ भएको थियो । यही बीचको समयमा उनले बट्टार स्थित सापाकोटा पोलिक्लिनिकमा स्वास्थ्य जाँच गराएको खुल्न आएको छ ।

सामान्य ज्वरो देखिएको उनलाई डेंगुको लक्षणको आशंका भएकाले परीक्षण गर्न चिकित्सकले सुझाब दिएपनि उनले केही दिन औषधि खाने भनेर त्याहाँबाट हिडेको र त्यसपछि हालसम्म उनको अवस्था थाहा नभएको हो ।

उनले बोकेको निलो रङ्गको झोला त्रिशूली नदीले बगाएर लैजादै गर्दा बिदुर-३ मा बाङ्गे किनारामा अन्दाजी ३:00 बजेको समयमा स्थानीयले फेला परोर प्रहरीलाई खबर गरेका थिए । झोलामा करीब ११ तोला सुन, २१ हजार नगद रुपैयाँ सहितको सामान फेला परेको छ । तर, उनको अवस्था भने शनिबारसम्म पनि पत्ता नलागेको नुवाकोट प्रहरीले जनाएको छ ।

बाङ्गे किनारा स्थित त्रिशूली नदीले बगाउदै गर्दा स्थानीयले समातेको झोलामा बरामद सामानको विवरण :

बेलकोटमा जन्मिएकी अम्बिकाको गत मंसिरमा मात्रै भद्रुटार स्थित बसन्तसंग बिबाह भएको थियो । बिबाह भएको केही दिनपछि नै रोजगारको शिलशिलामा बसन्त दुबईमा जानुभएको थियो । शुक्रवारको घटना पश्चात उहाँ दुबईबाट शनिबार बिहानै नेपाल आइसक्नुभएको छ ।

हराएकी अम्बिकाको खोजीको लागी घरपरिवार, जनप्रतिनिधि, माइती, प्रहरी सहितको आफन्तले शुक्रबार देखि नै प्रयास जारी राखेका छन् । तर, शनिबार अपरान्हसम्म अबस्था थाहा नभएको हो । घरपरिवार र आफन्तहरुले शनिबार धादिङको गजुरीसम्म पुगेर त्रिशूली नदी किनारको आसपास सहितको सम्भावित स्थानहरुमा खोजतलास गरेका थिए । प्रहरीले पनि तीन टोलि बनाएर खोजतलास जारी राखेको छ ।

घटनाको विवरण यस्तो छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web