त्रिशूली । विदुर नगरपालिकाको नीति तथा कार्यक्रम एंव बजेटमा उल्लेख भए अनुसार ‘मेयर छात्रबृत्ति’ कार्यक्रम मार्फत प्राविधिक विषय अध्ययनरत १५ जना विद्यार्थीलाई अध्ययन बापत लाग्ने सम्पूर्ण खर्च छात्रबृत्ति स्वरुप प्रदान गरेको छ ।
विदुर नगरपालिकाको ‘नगरभित्रका जेहेन्दार तथा गरिब स्थानीय बासिन्दा विद्यार्थीका लागी प्राविधिक शिक्षा अध्ययन छात्रबृत्ति प्रदान गर्ने” सम्बन्धि कार्यविधि तथा मापदण्ड २०७७' अनुसार प्राविधिक शिक्षा अध्ययन गर्दै आएका १५ जना विद्यार्थीलाई अध्ययन बापत लाग्ने सम्पूर्ण शुल्क छात्रबृत्ति प्रदान गरिएको हो ।
उक्त कार्यविधि र मापदण्डले निर्धारण गरे अनुसार तीन वर्षे डिप्लोमा विषयमा विदुर–१ ढुङ्गेमा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्ययनरत १५ जना विद्यार्थीहरुलाई उक्त शिक्षालयमा अध्ययनको लागी लाग्ने सम्पूर्ण शुल्क सरह हुन आउने रकम छात्रबृत्ति स्वरुप मंगलबार नगरप्रमुख राजन श्रेष्ठले उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खनाल, नगरपालिकाको प्रवक्ता एंव वडा नंं ७ को अध्यक्ष रबिन्द्र नेपाल, वडा नं. १० को अध्यक्ष गणेशकुमार नेपाल,शिक्षा शाखा प्रमुख देवीप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेस अध्यक्ष शिव देवकोटा,नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्तगिरीको उपस्थितीमा एक कार्यक्रमको बीच सम्बन्धित विद्यार्थीलाई हस्तान्तरण गर्नुभयो ।
प्राविधिक विषय अध्ययनरत विद्यार्थीहरुलाई नगरपालिकाको तर्फबाट चेक हस्तान्तरण गर्दै नगरप्रमुख श्रेष्ठले सिप र शिक्षाबाट नै रोजगारको सिर्जना र आर्थिक रुपमा सम्मुन्नत बनाउन सकिने भन्दै विद्यार्थीको पढाईमा सहयोग पु-याउन ‘मेयर छात्रबृत्ति’ कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।
उक्त कार्यक्रम मार्फत प्राविधिक शिक्षामा पहुँच बढाउनको लागी महत्वपूर्ण योगदान पुग्नेछ भने नगरपालिकाको छात्रबृत्तिमा अध्ययनरत विद्यार्थीले अध्ययन अवधि पूरा गरेपछि नगरपालिकाले नै खटाएको स्थानमा पाचौ तहको कर्मचारीले पाउने सुरु तलब स्केलमा सेवा गर्ने कबुलियतिनामा गरिएको हुदाँ पालिकालाई प्राविधिक जनशक्ति समेत उत्पादन हुने भएकाले स्थानीय सरकार र यहाँका जहेन्दार तथा गरिब विद्यार्थीको अध्ययन दुवै पक्षलाई लाभ पुग्ने नगरप्रमुख श्रेष्ठका भनाई छ ।
‘मेयर छात्रबृत्ति’ कार्यक्रम अन्तरगत प्राविधिक शिक्षाको विभिन्न सातवटा बिधामा छात्रबृत्ति उपलब्ध गराउने उल्लेख भएपनि सो कार्यविधि अनुसार अहिले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय अध्ययनरत विद्यार्थीले मात्र छात्रबृत्ति प्राप्त गरेका छन् ।
त्यस अन्तरगत पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयका पहिलो ब्याजका ६ जना विद्यार्थीलाई (शैक्षिक सत्र ०७८–७९ तथा ०७९–८० ) दोश्रो र तेश्रो शैक्षिक सत्रको शुल्क बापत कुल ३ लाख ३० हजार र दोश्रो ब्याजका ९ जना विद्यार्थीलाई (शैक्षिक सत्र ०७९–८० र ०८०–८१) पहिलो र दोश्रो शैक्षिक सत्रको शुल्क बापत ३ लाख ७८ हजार रुपैयाँ गरेर कुल सात लाख ८ हजार रुपैयाँ बराबरको चेक सम्बन्धित विद्यार्थीलाई नगरप्रमुख र उपप्रमुखले प्रदान गर्नुभएको हो ।
उक्त छात्रबृत्तिले विद्यार्थीलाई शुल्क तिर्नुपर्ने जिम्मेवारीको दायित्वबाट मुक्त भएसगैँ अध्ययनमा थप हौसला प्राप्त हुनेछ भने नगरपालिकाको आर्थिक सहयोगले उत्पादन हुने दक्ष जनशक्तिले एक वर्ष यहीँनै सेवा गर्नुपर्न शर्तले विद्यार्थीलाई अध्ययन पश्चात रोजगारको सुनिश्चित र पालिकालाई पनि आफ्नै लगानीमा उत्पादन भएको दक्ष जनशक्ति पाउने सुनिश्चित गराउने छ ।
छात्रबृत्ति पाउने 15 विद्यार्थीको विवरण निम्न अनुसार उल्लेख छ :
‘नगरभित्रका जेहेन्दार तथा गरिब स्थानीय बासिन्दा विद्यार्थीका लागी प्राविधिक शिक्षा अध्ययन छात्रबृत्ति प्रदान गर्ने” सम्बन्धि कार्यविधि तथा मापदण्ड २०७७' यस्तो छ :