किस्पाङले बाढ्यो अपाङ्गता भएका व्यक्तिहरुलाई मौरीको घार र बालबालिकालाई शैक्षिक सामाग्री

असार २७, २०८१ 2024-07-10 मा प्रकाशित
Published at 2024-07-10

155 views

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई मौरी घार र अपाङ्गता भएका ५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

समुदायमा आधारित पुनस्थापना कार्यक्रम अन्तर्गत किस्पाङ गाउँपालिकाका ५ वटै वडाबाट ४/४ जना गरी जम्मा २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई जिविकोपार्जनका लागि मौरीपालन सहयोगमा मौरी सहित मौरीको घार र अपाङ्गता भएका ५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।

कार्यक्रममा किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुन प्रसाद न्यौपानेले आगामी बर्षमा पनि यस्तै कार्यक्रमहरु ल्याउने जानकारी गराउनु भयो ।

कार्यक्रममा किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद खतिवडा, लेखा अधिकृत सबिना अर्याल लगाएतको सहभागिता रहेको सूचना तथा संचार प्रविधि अधिकृत मोतीमाया तामाङले जानकारी  दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.