१ साउन, काठमाडौं ।
यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा ४.३८ अंकले घटेर अन्तिम दिन १७१८.१५ अंकमा झरेको छ ।

शेयर बजारको कारोवार घटे पनि यो साता कारोवार ६ अर्ब माथि पुगेको छ । यो साताको कारोवार रकम भने ०।७८ प्रतिशतलेमात्र बढेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार २६ हजार ९४ कारोबारहरु बाट छ अर्ब चार करोड ६८ लाख ७४ हजार रुपैयाँ बराबरका एक करोड एक लाख ६७ हजार नौ सय ४० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यो साता समूहगत परिसूचकतर्फ बाणिज्य बैक, उत्पादनमुलक तथा अन्य समूहको कारोवारमा सुधार भएको छ भने अन्य समूहको परिसूचक सबै घटेका छन् ।

यो साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक लि., कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम र कारोबार संख्याको आधारमा जनता बैंक नेपाल लि. अग्रस्थानमा रहेका छन् ।

आइतवार बा स्टकोे कारोवार दिउसो ११ बजेबाट शुरु हुने भएको छ ।

15.75¡ÆC