IRD Certified पेनाहक कम्प्युटर बिलिङ सफ्टवेयर अब जिल्लामै

असार २२, २०८१ मा प्रकाशित | 261 views


बिदुर । पेनाहक टेक्नोलोजी प्रा.लि, कुलेश्वर र बिदुर कर तथा लेखा परामर्श सेवा प्रालिको आयोजनामा आन्तरिक राजस्व बिभागबाट भेरीफाईड क्लावड बेस्ड कम्प्युटर बिलिङ सफ्टवेयर प्रयोग सम्बन्धी अन्तर्किया कार्यक्रम एक कार्यक्रम बिच सम्पन्न भएको छ ।

नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लेखा सम्बन्धी कर्मचारी तथा ब्याबसायीहरुको उल्लेखीय सहभागिता रहेको थियो । सफ्टवेयरको सफलताको शुभकामना दिदै अध्यक्ष श्रेष्ठले जिल्लामा डिष्ट्रब्युटर्स कार्यालय राखी सफ्टवेयरको सर्भिस सर्पोट हुने भएकोले सो सफ्टवेयर प्रभावकारी रहने बताउनु भयो ।

पेनाहक सफ्टवेयरका अध्यक्ष ई. धिरज कुमार दासले आफ्ना कम्पनी र प्रडक्टको बारेमा बताउदै बिगत ६ बर्ष देखी नेपालको एकाउन्टीङ डोमेनमा कार्य गर्दै आएको यस सफ्टवेयर नेपालको सातै प्रदेशमा च्यानल पार्टनर रहेको सन्तुष्ट प्रयोगकर्ता १५०० प्लस रहेको दासले बताउनु भयो ।

क्लाउड बेसमा बनेको यस सफ्टवेयर एकाउन्टीङ र ईन्भेन्टरी, म्यानुफ्याक्चरिङ्ग, पिओएस (डिर्पाटमेन्टल स्टोर), पेट्रोल पम्पको एमपिओएस बिलिङ भेरिएण्टमा रहको जानकारी दिदैं यस सफ्टवेयर युजर फ्रेण्डली, मोवाईल फ्रेण्डली, जुनसुकै डिभाईस र स्थानमा सजिलैसंग चलाउन सकिन्छ, सम्पूर्ण रिपोर्ट एकैठाउमा समेटिएको आर्कषक ड्यासबोर्ड, मल्टी ब्रान्चीङ्ग, सेल्स ट्रयाकिङ्ग सिस्टम, मास्केवारी सिविएमएस अटो अपलोड, पार्टी कन्फरमेशन लेटर, एस एम एस, ईमेल नोटिफिकेसन आदि रहको जानकारी दिनु भयो ।

२४ सै घण्टा टेक्नीकल सर्पोट रहने बताउदै कम्पनीका जनरल म्यानेजर तथा प्रशिक्षक अग्नी कुमार शाही ठकुरीले सफ्टवेयरको प्राक्टीकल सेसन दिनु भएको थियो ।

बिगत बर्षदेखी रु. १० करोड भन्दा माथिको बिक्री वा दायित्व÷सम्पतिमा अनिवार्य कम्प्युटर बिलिङ सफ्टवेयर राख्नु पर्ने ब्यवस्था गरिएको र हालको आर्थिक बिधेयक २०८१ ले क्रमश सम्पूर्ण करदातालाई आफ्नो लेखा बिबरण कम्प्युटर बिलिङ सफ्टवेयरमा राख्नु पर्ने ब्यवस्था गरिएको हुँदा सफ्टवेयरको आवश्यकतालाई मध्यनजर गर्दै सो सफ्टवेयर जिल्लामा भित्राएको संचालक राजु बोगटीले जानकारी दिनु भयो । सफ्टवेयरले आफ्नो लेखा चुस्त दुरुस्त राख्न अत्यन्तै छिटो, सहज र सरल हुने बताउनु भयो ।

बिगत १२ बर्षदेखी जिल्लामा निरन्तर कर तथा लेखा सेवा दिईरहेको बिदुर कर तथा लेखा परामर्श सेवा प्रालि यस सफ्टवेयरको नुवाकोट, रसुवा र धादिङ जिल्लाको आधिकारिक बिक्रेता रही ग्राहकहरुलाई सेवा दिने अर्का संचालक दिनेश कुमार श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web