१ साउन, पर्वत ।
पर्वतको मोदीखोला जलविद्युत केन्द्रमा बाढिले टनेलको बाँध भत्काएपछि तिनदिनदेखि विद्युत उत्पादन बन्द भएको छ ।

१४ मेगावाट क्षमताको जलविद्युत केन्द्रमा बाढी रोक्न बनाएको बाँध नै भत्किएपछि टनेलको पर्खाल भत्किएको केन्द्रका प्राविधिक जीवन्धर शर्माले जानकारी दिनुभयो ।

बाढीले २५ मिटर बाँधको पर्खाल भत्किएको शर्माले बताउनुभयो ।

बाढीले सात पसल बगायो, १५ जोखिममा

बझाङ सदरमुकाम चैनपुरमा हिजो बेलुका एक्कासि बाढी पस्दा एउटा झोलुङ्गे पुल र सात पसल बगाएको छ ।

बजार नजिकै रहेको बाउली खोलामा आएको बाढीले पसल र झोलुङ्गे पुल बगाएको र अझै १५ पसल बाढीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो

पूर्वी पहाडी क्षेत्रमा गएरातिको वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको दोभानमा निर्माणाधीन पुल बगाएको छ ।

राति करिब २ बजे आएको बाढीले निर्माणाधीन पुल बगाएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

सम्झौता भएको झन्डै छ वर्ष पछि यस वर्षबाट मात्रै निर्माण कार्यले गति लिएको पुल बगाउँदा करोडौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।

23.22¡ÆC