बेलकोटगढीको नीति तथा कार्यक्रम सर्वसम्मत पास (भिडियो सहित)

असार १०, २०८१ मा प्रकाशित | 425 views


बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाको सोमबार बसेको दोश्रो नगरसभाको चौथो अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पास गरेको छ । सभाध्यक्ष एंव नगरप्रमुख जगतबहादुर गुरुङले पेश गरेको नीति तथा कार्यक्रम सभाले सर्वसम्मत पास गर्दै सोही अनुसारको बजेटको लागी मार्गप्रशस्त गरेको हो ।

नगरप्रमुख जगतबहादुर गुरुङले पेश गरेको बजेटमा कृषिमा आधुनिकीकरण तथा व्यावसायिकरण, शिक्षामा गुणस्तर सहितको सिप र प्राविधिक तथा स्वास्थ्य तर्फ नगरभित्रै सर्वसुलभ उपचार सेवाको पहुँचमा नगरबासीलाई समावेश गर्ने उल्लेख गरिएको छ । नगरप्रमुख जगतबहादुर गुरुङले पेश गरेको नीति तथा कार्यक्रमलाई नगरसभाका सदस्यहरुले सर्वसम्मत रुपमा पास गरेका छन् । यस्तै, उहाँले पेश गरेको नीति तथा कार्यक्रम प्रति कार्यक्रमका प्रमुख अतिथी कानून न्याय तथा मानवअधिकार समितिका सभापति एंव प्रतिनिधिसभा सदस्य बिमला सुवेदीले अग्रमी शुभकामना दिदैँ उत्कृष्ट बनाउन र असल कार्यान्वयन गराउन सुझाब दिनुभयो ।

यस्तै, प्रदेससभा सदस्य रामप्रसाद ढुङ्गाना, संबिधानसभा सदस्य जगदिश्वरनरसिंह केसी, पूर्व सांसद् नारायणप्रसाद खतिवडा, पूर्व प्रदेस मन्त्री तथा पूर्व सांसद् केशव पाण्डे, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, बेलकोटगढीको निवर्तमान नगरप्रमुख राजेन्द्ररमण खनाल, राजनीतिक दलका प्रतिनिधिहरुले कार्यक्रम राम्रो भएपनि कार्यान्वयनमा आशंका भएको भन्दै सही रुपमा कार्यान्वयन गर्नको लागी ध्यानाकर्षण गराउनुभयो ।

सभाध्यक्ष एंव नगरप्रमुख जगतबहादुर गुरुङले पेश गरेको नीति तथा कार्यक्रम पास भएसगैँ उपप्रमुख शिवप्रसाद दाहालले आगामी आर्थिक वर्षको लागी अनुमानित आयव्यय सहितको बजेट बन्द सत्रमा पेश गर्नको लागी मार्गप्रशस्त पाउनुभएको छ । करीब ८९ करोढ ८८ लाख हाराहारीको बजेट पेश गर्नको लागी तयार गरेको उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिनुभयो ।
सभाध्यक्ष एंव नगरप्रमुख जगतबहादुर गुरुङले पेश गरेको नीति तथा कार्यक्रम यस्तो छ :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web