विदुर नगरपालिका वडा नं.१ त्रिशूलीका ३४० घरपरिवारले पाए विद्युतीय चुलो

असार ९, २०८१ मा प्रकाशित | 196 views


नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशूली बजार र यस आसपसका ३४० घरपरिवारलाई विद्युतीय चुलो अर्थात इन्डक्सन वितरण गरिएको छ । वडाबासीको भान्सा प्रदूषणरहित र धुवाँरहित वडा निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा विद्युतीय चुलो वितरण गरिएको वडाध्यक्ष लेनिन रञ्जितले जानकारी दिनुभयो ।

उहाँको सभापतित्वमा भएको एक कार्यक्रमको बीच विदुर नगरपालिकाको उपमेयर प्रभा बोगटीले वडा नं. १ बासिन्दालाई सहुलियतपूर्ण अनुदानमा विद्युतीय चुलो वितरण गर्नुभएको हो ।

बिदुर नगरपालिका वडा न १ को कार्यालयले आफ्नो वडा धुवाँरहित बनाउन तथा ग्यासको प्रतिस्थापन गर्नका लागि विद्युतीय चुलोको प्रयोग गराउन अभियान सञ्चालनमा ल्याएको छ ।

वडा कार्यालयको अग्रसरतामा वडाबासीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत रकम अनुदान र स्थानीय नागरिकले ३० प्रतिशत बेहोर्ने गरी वडा कार्यालयले विद्युतीय चुलो प्रयोग अभियानकै रुपमा पहिलोपल्ट सुरु गरिएको वडा अध्यक्ष लेनिन रन्जितले जानकारी दिनुभयो । वितरण गर्न बाँकी रहेकालाई क्रमशः आगामी दिनमा सम्बोधन गरिने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web