जापानी राजदूतद्धारा रेटिना आई केयर नेपाल आयोजनाको शुभारम्भ

असार ३१, २०७३ मा प्रकाशित | 1066 views

३१ असार, काठमाडौं ।
मध्यपुरथिमि नगरपालिका १६ मनोहरा स्थित बीपी आँखा, नाक, कान, घाँटीको बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रमा रेटिना आई केयर नेपाल  आयोजना सुरु भएको छ ।

जापानको टोकुसिमा विश्वविद्यालयको समन्वय एवं जाइकाको ३ करोड ५४ लाख रुपियाँको लागतमा आयोजना आजदेखी सुरु भएको हो ।

आयोजनाको उद्घाटन गर्दै नेपालका लागि जापानी राजदूत मासाच ओगावाले नेपाल र जापानको सम्बन्ध एकदमै सुमधुर रहेको र यस कार्यक्रमले दुईदेश बिचको सम्बन्ध अझ उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बिपी आई फाउण्डेसनका अध्यक्ष पूर्णचन्द्र कर्माचार्यले नेपालमा जटिल समस्याको रुपमा रहेको आँखाको रेटिना उपचारमा आयोजनाले सहयोग पु¥याउने बताउनुभयो ।

कार्यक्रममा जाइका नेपालका प्रमुख प्रतिनिधी जुन साकामा, टोकुसिमा विश्वविद्यालयका उपकुलपति तोसिहिको नेगेट, र आयोजनाका नेपाल स्थित प्रतिनिधी प्राध्यापक डा. नाइटोले आयोजनाबाट सञ्चालन गरिे सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web