२५ जेठ, त्रिशूली । नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा पुनः बद्री मैनाली बिजयी हुनुभएको छ ।
पाटीको आठौँ जिल्ला अधिवेशन अन्तरगत शुक्रबार भएको विद्युतीय मतदान मार्फत मैनाली दोश्रो कार्यकालको लागी जिल्ला अध्यक्ष पदमा निर्वाचित हुनुभयो । खसेको कुल पाचसय ९२ मत मध्ये उहाँले तीनसय ४५ ल्याएर बिजयी हुदाँ प्रतिस्पर्धी बुद्धिबहादुर प्रधानले दुईसय ३७ मत र माधवप्रसाद तिवारीले दश मत प्राप्त गर्नुभयो ।
प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काको अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवमा राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित हुनुभयो ।
लेखा समितिको अध्यक्षमा प्रदिप घिमिरे, उपाध्यक्षमा पुस्कर शर्मा रिमाल र सचिवमा नवराज नेपाल बिजयी हुनुभयो ।
बुधबारदेखि सुरु भएको एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशन अन्तरगत शुक्रबार भएको मतदान मार्फत विभिन्न ३१ पदमा ८४ जना उम्मेदवार बिजयी भएका छन् । २८ जना उम्मेदवार यसअघि नै सर्वसम्मत निर्वाचित भएका थिए । जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकाहरु अधिकांश अध्यक्ष मैनाली प्यानलका रहेका छन् ।
कुल छ सय १७ जना प्रतिनिधि मध्ये उपस्थित पाचसय ९२ जनाले मतदान मार्फत नयाँ कार्यकालको लागी एकसय १२ जना रहेको नयाँ जिल्ला कमिटी चयन गरेको हो ।